२०८३ सालको तीज पर्वलाई लक्षित गर्दै शुक्रबार ‘नौरती फुली’ बोलको नयाँ तीज गीत सार्वजनिक गरिएको छ। गायिका एलिना चौहानको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा एलिना चौहान, रचना रिमाल, मेलिना मैनाली र दीपिका बायम्बुले संयुक्त स्वर दिएका छन्।
गीतमा दीपक शर्माको शब्द तथा संगीत रहेको छ भने उदयराज पौडेलले संगीत संयोजन गरेका छन्। प्रिज्म स्टुडियोमा रेकर्ड गरिएको गीतलाई श्याम श्वेत रसाइलीले मिक्सिङ तथा मास्टरिङ गरेका हुन्।
मुस्कान हिमालीको निर्देशन तथा कोरियोग्राफीमा तयार भएको म्युजिक भिडियोमा स्मारिका ढकाल, जुना सुन्दास, सञ्चिता बोल्खे र रिना थापाको अभिनय रहेको छ। दुर्गा पौडेल र उनको टोलीले छायांकन गरेको भिडियो नवीन घर्ती मगरले सम्पादन तथा कलर गरेका छन्।
तीजको मौलिक संस्कृति, नृत्य र उत्सवको माहोललाई आधुनिक प्रस्तुतिसँग जोडेर तयार गरिएको ‘नौरती फुली’ सार्वजनिक भएसँगै दर्शक तथा श्रोतामाझ सकारात्मक प्रतिक्रिया बटुल्न थालेको छ। यस वर्षको तीजमा चर्चित बन्ने अपेक्षा गरिएको उक्त गीत एलिना चौहान अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।