सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिको निजी जीवनबारे भ्रमपूर्ण सामग्री प्रसारण गरी चरित्रहत्या गरेको आरोपमा आफूलाई अभियन्ता बताउने वेदिका केसी पक्राउ परेकी छन्। प्रहरीको साइबर ब्युरोले उनलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको हो।
साइबर ब्युरोका प्रवक्ता एसपी दिलिप गिरीका अनुसार काठमाडौं जिल्ला अदालतबाट अनुसन्धानका लागि एक दिनको म्याद थप गरिएको छ।
केसीले पछिल्ला दिनमा सामाजिक सञ्जालमा राधिका दासीविरुद्ध प्रमाणबिनै गम्भीर व्यक्तिगत आरोप लगाएको भन्दै राधिकाले साइबर ब्युरोमा उजुरी दिएकी थिइन्। त्यसैका आधारमा प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ।

